कम्युनिस्ट आन्दोलन जोगाउने दायित्व सच्चा कम्युनिष्ट हात ः नेता ज्वाला

दाङ्ग घोराही । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वालाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिरामा अघि बढाउने दायित्वमा आएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दाङले शनिवार घोराहीमा आयोजना गरेको नेपाली पर्वहरुको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्वालाले यस्तो बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको अध्यक्षको अध्यक्षतमा सम्पन्न कार्यक्रममा कम्युनिष्ट बिरोधी शक्तिहरुको चलखेलका कारण मुलुकको कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गइरहेको अब त्यो कम्युनिष्ट आन्दोलन सशक्त मजबुत बनाउने दायित्व समाजवादी कम्युनिष्टको काँधमा आएको बताए । कम्युनिष्ट विचारधाराका मान्छेमा कम्युनिष्ट विचारको स्खलन हुदाँ जनताको अधिकार समेत खोसिने खतरामा परेकाले अब नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) त्यो आन्दोलन र अधिकार जोगाउने दायित्वका साथ कम्युनिष्ट आन्दोलनमा मैदानमा नयाँ शिरबाट उत्पत्ती हुन लागेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) लुम्विनी प्रदेशका इन्चार्ज भागवत विश्वासीले मुलुकको कम्युनिष्ट आन्दोलन संकटमा पर्न नदिने विश्वास व्यक्त गरे । व्यक्तिवादी विचारका कारण कम्युनिष्ट विचार सिद्धान्त र आन्दोलन नै जोखिममा परेकाले अब व्यक्तिवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै कम्युनिष्ट आन्दोलनलार्इृ सशक्त बनाउने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का लुम्विनी प्रदेशका अध्यक्ष मेटमणि चौधरी, जिल्ला ईन्चार्ज जोग बहादुर राणा, नेता रामकुमार ज्ञवाली, हिराचन्द्र केसी, नेपाली काग्रेसका नेता शंकर डाँगी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुनम श्रीपाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगायतका बक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्