आज भारत र पाकिस्तानबीच भीडन्त हुँदै

काठमाडौं । आइसिसी टी २० विश्वकप सुपर १२ को खेल आजदेखि शुरु हुँदैछ ।

आजको सुपर १२ अन्तर्गतको खेलमा भारत र पाकिस्तानबीच प्रतिष्पर्धा हुनेछ ।

विश्व क्रिकेटमा भारत र पाकिस्तानबीचको प्रतिष्पर्धालाई विशेष चासोका साथ हेर्ने गरिन्छ ।

दुबै देशबीच राजनीतिकरुपमा विवाद र शत्रुतापूर्ण सम्बन्ध रहँदै आएकोमा क्रिकेटमा समेत भारत र पाकिस्तानबीचको खेललाई त्यहीरुपमा हेर्ने गरिन्छ ।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७स्४५ बजे दुबईमा सुरू हुनेछ। टी २० मा भारत र पाकिस्तानबीच पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। सन् २०१६ मा भएको पछिल्लो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो।

कमेन्ट गर्नुहोस्