भारतमा कांग्रेसको सदस्यता पाउन १० नयाँ नियम: रक्सी र ड्रग्स सेवन गर्न नहुने, सीमाभन्दा बढी सम्पत्ति राख्न नपाइने

नयाँ दिल्ली । भारतको सबैभन्दा पुरानो पार्टी कांग्रेसले सदस्यता प्राप्त गर्न नयाँ नियम जारी गरेको छ ।

पार्टीले शनिवारका दिन निर्देशिका जारी गर्दै सदस्यता प्राप्तीका लागि नयाँ नियम जारी गरेको हो ।

नयाँ नियम अनुसार, पार्टीको सदस्यता प्राप्त गर्न मदिरा र लागुपदार्थबाट टाढा रहनुपर्नेछ । यसका साथै सार्वजनिकरुपमा पाटीका नीतिहरुको आलोचना समेत गर्न पाइने छैन । नयाँ सदस्यलाई १० वटा प्रतिबद्धता गर्नुपर्ने भनिएको छ ।

यी हुन १० शपथ
नयाँ सदस्यले कानुनभन्दा बढी सम्पत्ति राख्ने छैनौं ।

पार्टीका नीति र कार्यक्रममा सहभागी हुनेछौं ।

शारीरिक श्रम या काम गर्न संकोच गर्ने छैनौं ।

मदिरा र लागुपदार्थबाट टाढा हुनेछौं ।

सार्वजनिकरुपमा पार्टीका नीतिहरुको आलोचना गर्ने छैनौं ।

खादी पोशाक लगाउने बानी विकास गर्नेछौं ।

सामाजिक भेदभाव गर्ने छैनौ

भेदभाव मेटाउन समाजमा काम गर्नेछौं ।

कांग्रेसले १ नोभेम्बरदेखि सदस्यता अभियान शुरु गर्ने भएको छ । अर्को वर्ष १३ मार्चसम्म जारी रहने यो अभियानपछि अगस्ता २० देखि सेप्टेम्बर २० सम्म अध्यक्षको निर्वाचन हुनेछ ।

कमेन्ट गर्नुहोस्