टर्कीको ठूलो फैसलाः अमेरिकासहित १० देशका राजदूतलाई देश छोड्न आदेश

इस्तानबुल । टर्कीले अमेरिकासहित सहयोगी दश देशका राजदूतलाई अस्वीकार गरेको छ ।
राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले अमेरिका, जर्मनीलगायत दश देशका राजदूतलाई स्टाटस नन ग्राटाको हैसियतमा राख्ने आदेश दिएसँगै उनीहरुले अब टर्की छोड्नुपर्ने छ ।

यो अमेकिारविरुद्ध टर्कीले लिएको निकै ठूलो निर्णय हो ।

राष्ट्रपतिको आदेशको अर्थ टर्कीले उनीहरुको हैसियत स्वीकार नगर्ने भएकोले यसलाई राजदूत निकालेको अर्थमा बुझिन्छ ।

अमेरिका र अन्य केही देशका राजदूतले टर्कीको जेलमा रहेका एकजना अभियन्ता ओस्मान कवालाको रिहाईका लागि विज्ञप्ती जारी गरेका थिए ।

कबाला विगत चार वर्षदेखि टर्कीको जेलमा छन् । उनीमाथि बिरोध प्रदर्शनको समर्थन गरेको र राजद्रोह गरेको अभियोग छ ।

अमेरिका, फिनल्याण््ड, क्यानाडा, डेनमार्क, जर्मनी, नेदरल्याण््ड, नर्भे, स्वीडेन र फ्रान्सका राजदूतहरुले संयुक्त विज्ञप्ती जारी गर्दै कवालाको रिहाईको माग गरेका थिए । यी सबै देश नाटोका सहयोगी पनि हुन ।

अर्दोआनले शनिवार एउटा जनसभालाई सम्बोधन गर्दै राजदूतहरुले कुनै अर्को देशमा आएर टर्कीको विदेश मन्त्रालयलाई आदेश दिने दुस्साहस गर्न नसक्ने बताएका थिए । हाम्रा विदेश मन्त्रीलाई आदेश दिइन्छ र यसो हुनुपर्छ भनिन्छ भन्दै उनले यी सबै राजदूतहरुलाई अस्वीकार गरिनुपर्ने बताएका थिए । उनले सम्बोधनमा कि टर्कीलाई बुझ्नुपर्यो होइन भने यहाँबाट गए हुन्छ समेत भनेका थिए ।

कमेन्ट गर्नुहोस्