पाकिस्तानको आक्रामक बलिङ, १५१ रनमा समेटियो भारत

काठमाडौं । पाकिस्तानी क्रिकेट टीमको प्रभावशाली बलि ङका अगाडि निरिह बनेको भारतले जीतका लागि १५२ रनको लक्ष्य दिएको छ ।

टी २० सुपर १२ विश्वकप क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा भारतले टस हारेर ब्याटिङ गरेको थियो ।

पहिलो ओभरमैं रोहित शर्माको विकेट गुमाएर हतोत्साही भएको भारतले जीतका लागि ७ विकेटको क्षतिमा १५१ रन बनाउन सकेको थियो ।

भारतीय टिमका लागि कप्तान बिराट कोहलीले ४९ बलमा ५७ रनको पारी खेले ।

पाकिस्तानका लागि शाहीन अफरीदिले ३ विकेट लिए ।

भारतको पहिलो विकेट पहिलो ओभरमैं खसेको थियो । दोश्रो ओभरमा अफरीदिले केएल राहुललाई आउट गर्न सफल बने ।

केही झकल

टी २० खेलमा रोहित शर्मा सातौं पटक शून्यमा आउट भए
पावरप्लेसम्म भारतको स्कोर ३ विकेटको क्षतिमा ३२ रन थियो ।
मोहम्मद रिजवानले टी २० फर्मेटमा आफ्ना १०० क्याच पुरा गरे ।
पारीको १२ औं ओभरमा ऋषभ पन्तले हसन अलीको ओभरमा एक हातबाट लगातार दुई छक्का लगाए ।

अन्तिम ५ ओभरमा टीम इण्डियाले ५१ रन बनाउन सफल भयो ।

१९ औं ओभरमा भारतले ५ नोबलमार्फत १० रन जोडन सफल बन्यो ।

कमेन्ट गर्नुहोस्