कांग्रेसका ३३ जना माओवादीमा प्रवेश, इन्चार्ज भट्टद्वारा स्वागत

कञ्चनपुर, नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्यलगायत ३३ जना नेकपा माओवादी केन्द्रमा प्रपेश गरेका छन् ।

नेकपा (माओबादी केन्द्र) कृष्णपुर नगर कमिटीको पार्टी कार्यालय उद्द्घाटन समारोहका अवसरमा उनीहरु प्रवेश गरेका हुन।

नव प्रवेसीहरुलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले टीका लगाएर स्वागत गरे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै इन्चार्ज भट्टले नेपाली समाजलाई रूपान्तरण गर्ने सही शक्ति माओवादी भएकाेमा जाेड दिए । माओवादीका सामु नेपाललाई समुन्नत र समृद्ध समाजवादी नेपाल बनाउने अभिभारा आएकाे बताउँदै भट्टले पार्टीले नयाँ संकल्पसाथ अघि बढ्ने अठाेट गरेकाे समेत बताए ।
कार्यक्रममा प्रदेश सह इन्चार्ज तथा जिल्ला इन्चार्ज देवीलाल चाैधरी, वाइसिएल केन्द्रीय सदस्य अर्जुन साउद लगायतकाे उपस्थिति थियाे ।

कमेन्ट गर्नुहोस्