एमालेबाट निर्वाचित वडा अध्यक्ष लागू औषधसहित पक्राउ

काठमाडौं । सिराहा नगरपालिका –१८ का निर्बाचित वडाअध्यक्ष रामसोगारथ यादव लागु औषधसहित पक्राउ परेका छन् । यादव एमालेबाट निर्बाचित वडा अध्यक्ष हुन् ।

स १ ९३८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा सवार यादव भारतबाट नेपाल प्रवेश गरेका थिए । १५ वटा नाइट्रोभेट ट्याबलेट सहित पक्राउ परेका यादवका बारेमा सिराहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले पुष्टी गरे ।

यादवलाई थप अनुसन्धानका लागी थुनामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्