प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच छलफल सकियाे

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशबीच छलफल सकिएको छ।

न्यायिक नेतृत्व सम्पूर्ण रूपमा असफल भएको ठहर गर्दै न्यायपालिकालाई थप संकटबाट जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणासँगको छलफलपछि बाहिरिएका छन्।

एक न्यायाधीशका अनुसार आजको छलफलपछि आफूहरू फेरि सामुहिक छलफलमा बसेर पछिल्ला विवादबारे छलफल गरिने निर्णय भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटवार्ता गरेपछि न्यायाधीशहरु पुनः सामूहिक छलफलमा जुटेका छन्।

‘प्रधानन्यायाधीशसँगको छलफलपछि हामी फेरि छलफलमा बसेका छौं’, एक न्यायाधीशले भने।

संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएको भन्दै न्यायाधीशहरूले उनीबारे धारणा बनाउन यसअघिनै छलफल गरेका थिए।

शुक्रबार सात न्यायाधीश बसेर छलफल गरे पनि आइतबार उपस्थित सबै न्यायाधीशले प्रधानन्यायाधीश राणाबारे छलफल गरेका थिए।

कमेन्ट गर्नुहोस्