प्रचण्डद्वारा घुम्ती नागरिकता अभियानकाे उदघाटन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नागरिकता वितरण सहजीकरण कार्यक्रमको उद्घाटन गरेका छन्। माडीका तीन वृद्धाहरूलाई नागरिकता वितरण गर्दै अध्यक्ष प्रचण्डले कार्यक्रमको उद्घाटन गरेका हुन्।

२००२ सालकी सन्चमाया प्रजा, २००५ सालकी हरिमाया प्रजा र २००७ सालकी फूलमाया प्रजालाई नागरिकता प्रदान गर्दै उनले कार्यक्रमको उद्घाटन गरेका हुन्। उमेर पुगेर पनि नागरिकता नलिएकाहरूलाई नागरिकताको महत्त्व दर्शाउने र नागरिकता दिने उद्देश्यले माडी नगरपालिकाको समन्वयमा सबै वडामा घुम्ती नागरिकता वितरण सुरु गरिएको छ।

कमेन्ट गर्नुहोस्