आसिफ अलीको शानदार ब्याटिङ, पाकिस्तानको ह्याट्रीक जीत

एजेन्सी । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । हिजो राती दुबईमा भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।
१८ औं ओभरसम्म पुग्दा अफगानिस्तानको जीतको सम्भावना निकै रहेको भएपनि १९ औं ओभरमा आसिफ अलीले चमत्कारिक ब्याटिङ गरेको कारण पाकिस्तान जितेको हो ।

१८ औं ओभरसम्म आइपुग्दा पाकिस्तानलाई जीतका लागि २ ओभरमा २४ रनको आवश्यकता थियो । तर आसिफल अलीले एउटै ओभरमा ४ छक्का प्रहार गरेर सहजै जीत निकाले ।

शुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको योगदान गरेका थिए । यस्तै आसिफ अलीले ७ बलमा २५ रन बनाए ।

उनले एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए । यस्तै फखर जमानले २० रन जोडे भने सोयब मलिकले १९ रन जोड्दा मोहमद हाफिजले १० रन बनाए ।

अफगानिस्तानका राशिद खानले दुई विकेट लिए भने मुजिब उर् रहमान, नभिन उल हक र मोहमद नाबीले १र१ विकेट लिए । तेस्रो जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्