पत्रकार लक्ष्मी पुनलाई प्रेम – समर साहसिक पुरस्कार

रुकुम। रुकुम पश्चिम सानीभेरी गाउँपालिका घर भई हाल केन्द्र स्तरमा पत्रकारीता गर्दै आएकि पत्रकार लक्ष्मी पुनले ‘प्रेम-समर साहसिक पत्रकारिता पुरस्कार २०७८’ प्राप्त गरेकी छिन ।

प्रेस सेन्टर रुकुम पश्चिमले स्थापना गरेको प्रेम-समर साहसिक पत्रकारिता पुरस्कार आज प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको पाँचौ जिल्ला सम्मेलनको अवसमा उहाँलाई प्रदान गरिएको हो ।

महान् जनयुद्ध सँगै गणतन्त्र स्थापना, विभिन्न रुपान्तरणकारी आन्दोलन र अभियानमा जनपक्षिय पत्रकारिताको माध्यामबाट योगदान दिएकोले उहाँको योगदानको उच्च कदर गर्दै उक्त पुरस्कार पत्रकार पुनलाई दिइएको प्रेस सेन्टर नेपाल रुकुमका निवर्तमान अध्यक्ष मेगराज खड्काले बताए ।

रुकुम रोल्पा आसपासको क्षेत्रबाट भुमीगत अवस्थामा रहि डोके रेडियो अर्थात रेडियो जनगणतन्त्रमा लामो समय काम गरेकी पुन नेपाल पत्रकार महासंघको केन्द्रिय सचिब र प्रेस सेन्टर नेपालको केन्द्रिय उपाध्यक्ष समेत भइसकेकि छिन ।

यसैबीच प्रेस सेन्टर नेपाल रुकुमको पाँचौैं जिल्ला सम्मेलनबाट प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको नेतृत्व तहबाट महत्वपूर्ण योगदान गरेका संगठनका पूर्व अध्यक्ष ध्रुव विक्रम बुढाथाेकी, कमला राेका र बिरबहादुर मल्ललाई पनि सम्मान गरिएको छ ।

कमेन्ट गर्नुहोस्