डडेल्धुरामा बस दुर्घटना, १० जना घाईते

डडेलधुरा । डडेल्धुराको अलिताल गाउँपालिका १ मा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

आज बिहान दार्चुलाबाट महेनद्रनगर जाँदै गरेको ना ८ ख ६१३२ नंबरको बस दुर्घटना परेको हो । दुर्घटना परी घाईते भएकाहरुलाई उपचारका लागि धनगढी लगीएको छ ।

बस सडक सय मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी गराएको छ । बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परी घाइते भएकाहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बैतडीको डिलाशैनी गाउँपालिका -६ की ४५ वर्षीया बिर्मा ओड, दोगडाकेदार गाउँपालिकाका २२ वर्षीय भरत विष्ट, २० वर्षीय नरेन्द्र विष्ट, २५ वर्षीय प्रकाश विष्ट र पुर्चौँडी नगरपालिका -१० का ३० वर्षीय चन्द्र बहादुर विष्टको पद्मा अस्पतालमा उपचार भइरहेको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिकाकी रम्पा ओडको भने धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। उनलाई पद्मा अस्पतालबाट रिफर गरिएको र अवस्था गम्भीर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कमेन्ट गर्नुहोस्