देहरादूनमा ठूलो दुर्घटना, भीरमा गाडी खस्दा ११ को मृत्यु

काठमाडौं । उत्तराखण्डको देहरादूनमा एउटा भ्यान भीरमा खस्दा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ४ जना घाइते भएका छन् ।

उत्तराखण्डमा मुख्यमन्त्री पुष्कर धामीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

बुल्हाड बायला रोडमा भ्यान अनियन्त्रित हुनपुग्दा भीरमा खसेको थियो । मृतकहरु सबै एउटै गाउँको रहेका छन् ।

दुर्घटना दुर्गम स्थानमा भएको कारण उद्धार कार्यमा कठिनाई भएको भारतीय मिडियाले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्