डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार

दाङ्ग । उत्सर्ग फिल्मस् नेपालले लोकगायक, संगीतकार एवं लोकसंस्कृतिविद् डा. गोविन्द आचार्यलाई उत्सर्ग राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्ने भएको छ । २५ हजार राशीको सो पुरस्कार मंसीर २५ गते दाङमा आयोजना गरिएको उत्सर्ग संगीत अवार्ड समारोहमा प्रदान गरिने उत्सर्ग फिल्मसका अध्यक्ष केएल पीडितले बताए ।
२०३८ सालदेखि सांगीतिक यात्रा शुरु गरेका लोकगायक, संगीतकार एवं लोअसंस्कृतिविद् डा आचार्यले लोक, आधुनिक र दोहोरी गरी २ सय गीतमा स्वर दिएका छन  भने ५ दर्जन आधुनिक गीतमा संगीत भरेका छन ।
आँखी लाउने गाजलु, देउरालीको डाँडाबाट कल्ले बोलायो, माया लाउँ त मायालु पाइन, बिर्सेछ्यौ कि मायालु काफल खाएको लोकगीत डा. आचार्यले गाएका निकै लोकप्रीय छन् ।
डा. आचार्यले संगीत भरेका गीतहरूमध्य यम बरालको स्वर रहेको मरेको लास नराख घरमा, लोचन भट्टराईको स्वर रहेको म तड्पिएको हेर्ने हौ भने र दिपक लिम्बुको स्वर रहेको सुनगाभा सरी निकै चर्चित छन् ।
नेपालमा लोकगीतमा विद्यावारिधि गर्ने पहिलो बनेका डा. आचार्यले नेपालका विभिन्न जाति समुदायका ७ सय गीत संकलन तथा विश्लेषण गरेका छन । उनका लोकसाहित्य तथा लोकसंस्कृतिका अनुसन्धानमूलक १ दर्जन र अन्यगरी २५ पुस्तकहरु प्रकाशित छन् ।

कमेन्ट गर्नुहोस्