प्रचण्डकाे स्वकिय सचिवालयमा रमेश मल्ल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे सचिवालयमा हेरफेर भएकाे छ ।

पार्टीकाे स्थायी समिति बैठकले गरेकाे निर्णय अनुसार, अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा विशेष प्रदेश समिति सदस्य रमेश मल्ललाई स्वकिय सचिवकाे नयाँ जिम्मेवारी दिईएकाे छ । यसअघि प्रचण्डकाे प्रमुख स्वकिय सचिवकाे जिम्मेवारी जाेख बहादुर महराले लिएका थिए । महराकाे नयाँ जिम्मेवारी लुम्बिनी प्रदेशमा ताेकिएकाे छ । जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । महरा लामो समयदेखि दाहालको सचिवालयमा थिए ।
हाललाई प्रमुख स्वकीय सचिव नराखी स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको दाहालको सचिवालयले जनाएको छ । यसअघि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्लले सचिवालयमा बसेर काम गरेका थिए । दाहाल छोरी गंगा पनि स्वकीय सचिव छिन् ।

यस्तै बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्