दाङमा बन्दकर्ताले टायर बालेनन: सडक सफा गरे,जेब्रा क्रसिङ्गमा पेन्ट लगाए

दाङ । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले महङ्गीको विरोधमा आजका लागि आव्हान गरेको नेपालबन्दको असर दाङमा पनि देखिएको छ । उक्त पार्टीका कार्यकर्ताहरुले बन्दमात्रै गरेनन् रचनात्मक कामको रुपमा सडकको सरसफाई र जेब्राक्रसिङमा रङ्रोगन गरेर जनताको मन जित्ने प्रयास पनि गरेका छन् ।

बन्दका कारण आज दिनभर यातायात, शिक्षणसंस्था, उद्योग व्यवसाय ठप्प रहेका थिए । जिल्लाका सानाठूला व्यापारिक केन्द्रहरु भालुवाङ, लमही, गढवा, घोराही, तुलसीपुर, नारायणपुर लगायतका बजारहरु पूर्णतः बन्द रहेका थिए ।

बन्दकर्ताहरुले बन्दका लागि आव्हानमात्र गरेनन् घोराहीमा उनीहरुले सडकको सरसफाई गरेका थिए । त्यसैगरी खुइलिएको जेब्राक्रसिङमा नयाँ रङ्ग थपेर यातायात व्यवस्थापनको कार्यमा समेत आफूहरुलाई सहभागी गराएका थिए ।

कमेन्ट गर्नुहोस्