कोरियाको स्टार रेमिट र नबिल बैंक विच सम्झौता सम्पन्न

काठमाडौं । दक्षिण कोरियाको स्टार रेमिट र नेपालको नबिल बैंकबीच कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अधिकारिक रेमिटेन्सबाट मात्र पैसा पठाउन र आफूले कमाएको रकमलाई सुरक्षित गर्न सबैलाई सुझाव दिए ।

उनले थपे, ‘अवैधानिक बाटो (हुन्डी) हुँदै पैसा पठाउदा केही बढी रेट त आउँला तर त्यसबाट नेपाल सरकारलाई पनि घाटा हुने र कारोबार असुरक्षित पनि हुन्छ ।’

कोरिया लगायत नेपालमासमेत विभिन्न व्यवसाय भएका स्टार रेमिटका अध्यक्ष रुद्र शर्माले विश्वासले नै सबै काम टिकाउ हुने हुँदा कोरिया मात्र नभइ विदेशमा रहने सबै नेपालीहरूलाई पैसा पठाउन विश्वासिलो माध्यम अपनाउन अनुरोध गरे ।

कार्यक्रममा रिटर्नी माइग्रेशन नेपालका अध्यक्ष उत्तम अधिकारी, नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कोरियाका अध्यक्ष रन्जन राज कुँवर लगाएतले कोरियामा कमाएको धनलाई नेपालमा सुरक्षित रुपमा पठाउन र उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्