प्रचण्ड र माओवादीका बारेमा फैलाईएका आरोप झुटा सावित हुन थालेपछि फेरि जनता माओवादी तिरै आकर्षित हुन थालेः जीवन आचार्य

बिराटनगर, नेकपा माओवादी केन्द्रका नेता जीवन आचार्यले नेपाली समाजकाे परिवर्तनको बाधक केपी ओली भएकाे बताएका छन् ।
बुढिगंगा मोरङकाे नगर सम्मेलनकाे उदघाटन गर्दै प्रदेश १ का सदस्य समेत रहेका नेता आचार्यले केपी ओलीले दलाल पूँजिपतिकाे सेवा गरेकाे बताए ।
ओलीकाे प्रचण्डका कारण काम गर्न नसकेकाे अभिव्यक्तिकाे खण्डन गर्दै आचार्यले भने, “कमरेड प्रचण्डले केपि ओलीलाई गर्न नदिएको एउटा काम के हो?फेरि जनताले ओलीलाई भोट किन दिने फेरि संसद भंग गर्न?”

केपी ओली परिवर्तन बिराेधी रहेकाे बताउँदै आचार्यले सत्ता र स्वार्थकाे लिप्सामा डुबका ओलीले सत्तामा पुगेर दलालहरुकाे सेवा गर्ने र हजाराैं शहीदहरुकाे बलिदानमाथि उपहास गरेकाे बताए ।
“फेरि जनताले ओलीलाई भोट किन दिने फेरि संसद भंग गर्न?” प्रश्न गर्दै उनले भने ।
जनयुद्धकै कारण नेपालमा ठूलाे परिवर्तन आएकाे उनकाे भनाई थियाे । “०४६ साल सम्मका आन्दोलनले संख्यात्मक परिवर्तन आएको हो तर जनयुद्धले गुणात्मक परिवर्तन अर्थात टोटल सिस्टम नै चेन्ज गरेको हो ।” उनले भने, “केपिलाई प्रमको लोभ नदेखाएको भए देशमा संविधान बन्दैनथ्यो ।”

नेपालकाे ऐतिहासिक परिवर्तनमा प्रचण्ड परिवारले खेलेकाे भूमिकाकाे चर्चा गर्दै उनले प्रचण्ड परिवारको अवमुल्यन नगर्न विरोधीलाई चेतावनी समेत दिए ।

कार्यक्रममा शहिद परिवार घाईते अपॉग बेपत्ता परिवार लाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएकाे थियाे । कार्यक्रममा प्रगतिशील गायक चेतन सापकाेटाले समेत प्रस्तुति दिएका थिए ।

कमेन्ट गर्नुहोस्