भट्ट बने माओवादीको केन्द्रिय स्कुल बिभाग सदस्य

काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टीको स्कूल विभागमा सुदूरपश्चिमबाट ३ जनालाई मनोनित गरेको छ ।

आइतवार प्रेषित परिपत्रअनुसार सुदूरपश्चिमका नेताहरू गोकर्ण भट्ट, रेणु चन्द र खगेन्द्र जोशी स्कूल विभागमा मनोनित भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्चार्ज रहेको स्कूल विभागको अध्यक्ष नेता गिरिराजमणि पोखरेल रहेका छन् । नेकपा माओवादी केन्द्रले सबै विभागलाई पूर्णता समेत दिएको छ ।

स्कूल विभागमा मनोनित भट्ट कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का युवा नेता हुन् । उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य भट्ट तथा एभरेस्ट दैनिकका वरिष्ठ सम्पादक समेत छन् । सदस्य चन्द पूर्व सांसद हुन् ।

स्कूल विभागले सम्पूर्ण पालिकामा एउटा पालिका एउटा मार्क्सवादी अध्ययन केन्द्र, एउटा पुस्तकालय बनाउने कार्यविधि तयार गरेको विभागका सदस्य भट्टले जानकारी दिए ।

सबै पालिकाबाट कम्तीमा १ जना सहभागी रहने गरी मार्क्सवादी प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गर्ने, पार्टीको ३ तहमा पाठ्यक्रम विकास गर्ने र केन्द्रीय आधुनिक सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने निर्णय समेत गरिएको भट्टले बताए ।

भट्टले मार्क्सवादको सिर्जनात्मक विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा काम गर्दै आएका छन् । उनी यसअघि २१औं शताब्दीमा साम्राज्यवादको विकल्प र समाजवादको रणनीतिको सवालमा गठित साउथ सोलिडारिटी फोरममा समेत आवद्ध छन् ।भट्ट प्रचण्डका बिश्वास पात्र हुन।

कमेन्ट गर्नुहोस्