एमाले महाधिवेशन : दुई हजार ९६ मत खस्यो

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा  २ हजार ९६ मत खसेको निर्वाचन समितिका अधिकृत हरिशरण दाहालले जानकारी दिए ।

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । निर्वाचन अधिकृत हरिशरण दाहालले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्