एमाले महाधिवेशन: ओलि दोस्रो पटक अध्यक्षमा बिजयी

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले १८३७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डा. भीम रावलले २२३ मत प्राप्त गरेका छन् । २१५३ प्रतिनिधिहरुमध्ये २०९६ मत खसेको थियो ।रावलले चुनावमा पराजित भएकाले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा समेत गरेका छन् ।  भीम रावलको ‘नैतिक जीत’,  नेकपा एमालेको महाधिवेशनमा भीम रावलले हार्ने जान्दा जान्दै अध्यक्षमा उम्मेदवारी दिए । मतदान सकिएपछि प्रफुल्लित मुद्रामा आफू प्रस्तुत भए ।

अध्यक्ष केपी शर्मा ओलीले तयार गरेको सूचीलाई सदर गराएर सर्वसम्मत गराउन खोजेपछि रावलले दिएनन् । उनले चुनावमा जान वाध्य बनाए । त्यसकारण पनि उनले निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो धारणा अनुरुप भएकोमा एउटा मुद्दाले जितेको तर्क गरे ।

निर्वाचन नै नगर्ने ओलीको प्रयास भने रावलले विफल पारे । जसका कारण ओलीको सूचीमा नअटाएका कतिपय निर्वाचित भए । यो ओलीले जे भन्यो त्यही मात्र हुन्छ भन्ने धारणामाथिको धक्का हो ।

रावलले जति मत पाउँछन् त्यो ओलीप्रतिको असन्तुष्टिको हुनेछ । यो उनका लागि शक्ति सञ्चयको नयाँ सुरुवात हुनेछ ।

एमालेभित्र ओली पक्षधर भई अवसर नपाएकाहरुलाई रावलले भविष्यमा तान्न सक्छन् । असन्तुष्टहरुलाई विस्तारै समेटेर शक्ति सञ्चय गर्ने उनको रणनीति देखिन्छ ।

कमेन्ट गर्नुहोस्