सचीवमा ओलिले प्रस्ताव गरेका सबै उमेदवार बिजयी, आचार्य र कार्की पराजित

१४ मंसिर, चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

उनीहरु सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । ओ‌लीको सूचीमा नपरेका निर्वतमान सचिव भीम आचार्य र चीनका लागि पूर्व राजदूत समेत रहेका नेता टंक कार्की पराजित भए।

कमेन्ट गर्नुहोस्