जनसम्पर्क समिति साउदीले सल्लाहकार समितिलाई पुर्णता दियोे ः चयन भए कार्की र महत

३० नोभेम्वर २०२१, रियाद ।
नेपाली काङ्ग्रेसको भातृ संगठन जनसम्पर्क समिति साउदी अरबले मोरंग उर्लाबारीका कुमार कार्की र हेटाैडाका राजिब महतलाई सल्लाहकार चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको छ ।३० नोभेम्वर २०२१ का दिन बसेको समितिको बैठकले कार्की र महतलाई सल्लाहकारमा चयन गर्दै सल्लाहकार समितिलाई पुर्णता दिएको हो । सल्लाहकार समितिको संयोजक निवर्तमान सभापती दिपक रेग्मी रहेका छन् । समितिका कार्यवाहक सभापती द्धारिकाराज गीरीको सभापतित्वमा आयोजित सो बैठकको संचालन महामन्त्री सुरेश त्रिपाठीले गरेका थिए ।

नेपाली काँग्रेसको १४ महाधिबेशनको प्रकृया देश र विदेश सबै तिर भईरहँदा नेपाली काग्रेसको प्रवास भातृ संगठन जनसम्पर्क समितिले सल्लाहकार समितिलाई पुर्णता दिदैं महाधिबेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई महाधिबेशनमा सहभागी हुन र सक्षम नेतृत्व चयन गर्नका लागी शुभकामना समेत व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्