काठमाडौं । सर्वोच्च अदालतमा आज (मंसिर १५) देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ। प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो । आज बिहान १० बजे न्यायाधिशहरुले गोला प्रक्रियाद्धारा इजलास गठन गरेपछि मुद्दाको समुह बनेर सुनुवाईको प्रक्रिया सुरु हुने बताइएको छ । यो प्रक्रिया कार्यान्वयन आएसँगै प्रधानन्यायाधीशको एकलरुपमा मुद्दाको पेशी तोक्ने विशेषाधिकार अन्त्य हुनेछ ।
सर्वोच्च अदालतमा आजदेखि नयाँ अध्याय
