मोबाइलको अवैध कारोबार र राजस्व चुहावट रोक्न सरकारले कडा कदम चाल्ने – अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइलको अवैध कारोबार रोक्न कडा कदम चालिने बताएका छन् ।

राजस्व छलेर ठूलो मात्रामा मोबाइल भित्रिने गरेकोतर्फ संकेत गर्दै उनले नेपाल टेलिकमलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम लागु गर्न निर्देशन दिएको समेत बताए । एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

याे पनि पढ्नुस  नागरिकले नेता सच्याउने बेला आयो : जनार्दन शर्मा

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले अब नेपालमैं मोबाइल उत्पादन गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे ।

नेपालमैं मोबाइल उत्पादन गर्ने विषयमा सरकार सकारात्मक रहेको र आवश्यक सहयोग समेत गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्