विदेश जाने कामदारका लागि एयरपोर्टमा विश्राम कक्ष, आन्तरिक टर्मिनलदेखि गेटसम्म निशुल्क बस सेवा सञ्चालन

काठमाडौं । संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलदेखि गेटसम्म निशुल्क बस सेवाको उदघाटन गरेका छन् ।

यात्रुहरुले महंगो मूल्य तिरेर ट्याक्सी चढनुपर्ने बाध्यतालाई अन्त्य गर्न आन्तरिक टर्मिनलदेखि विमानस्थलको प्रवेशद्वासम्म निशुल्क बस सञ्चालनमा आएको हो ।

यस्ता बस तीनवटा रहेका छन् । यात्रुहरुले निशुल्करुपमा सुविधा प्रयोग गर्न सक्ने बताइएको छ ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा अन्तर्राष्टिय टर्मिनलभित्र वैदेशिक रोजगारमा जाने यात्रुहरुा लागि बेग्लै विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको मन्त्री आलेले आज उद्घाटन गरेका छन् ।

सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातोरचिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।

उक्त कक्षबाट कुनै गुनासो भए यात्रुहरुले त्यहींबाट फोन गर्न मिल्ने गरी फोन र फोन नम्बर पनि राखिएका छन् । कक्षको क्षमता ३० जनाको रहेको छ ।

कमेन्ट गर्नुहोस्