प्रचण्डको व्यंगः सिपी मैनाली राप्रपा अध्यक्ष बन्न लागेका त होइनन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजतन्त्रविरुद्ध निर्मम संघर्ष शुरुआत गरेको इतिहास स्मरण गर्न माले महासचिव सिपी मैनालीलाई व्यंग गरेका छन् ।

राष्ट्रियताको सन्दर्भममा राजा महेन्द्रलाई महान राष्ट्रवादी भन्दै मैनालीले भाषण गरेपछि प्रचण्डले उनीमाथि व्यंग गरेका हुन ।
राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी भएको अभिव्यक्ति दिएका थिए ।

‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि रु हो भने शुभकामना छ’, प्रचण्डले भने । उनले सीपीले जस्तो आफूले बोल्न नजान्ने भन्दै राजनीति पछाडि फर्कन नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्