अध्यक्ष प्रचण्डलाई भेटे बार पदाधिकारीले

काठमाडौं । न्यायक्षेत्रसँग सम्बन्धित माग राखेर आन्दोलनमा उत्रिएका नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

नेकपा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारी अनुसार, बार पदाधिकारीहरुले नेकपा माओवादी केन्द्रको संसदिय दल कार्यालय सिंहदरबारमा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

भेटका अवसरमा बार पदाधिकारीहरुले अदालतमा देखा परेको असहज अवस्थाबारे जानकारी गराउँदै राजनैतिक दलहरूले पहलकदमी लिन आग्रह गरेका थिए ।

भेटमा अध्यक्ष कमरेड प्रचण्डले आफुहरु अदालतको स्वच्छता, निष्पक्षता र स्वतन्त्रताबारे सधैं सजग र सचेत रहेको, गठबन्धनको तर्फबाट यथासिघ्र समस्या समाधान गर्न सम्बन्धित जिम्मेवार पक्षलाई अपिल पनि गरेको र आजसम्म समाधान नभएकोमा गम्भीर ध्यानाकर्षण भएको बताए । अदालतमा देखा परेको समस्या हल गर्न गठबन्धन र अन्य दलसँग छलफल गर्ने समेत अध्यक्षले बताए ।

कमेन्ट गर्नुहोस्