माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्दै, सम्मेलन र संगठनबारे महत्त्वपूर्ण निर्णय हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे स्थायी समिति बैठक बस्न गइरहेको छ ।
राष्ट्रिय सम्मेलनकाे तयारि तथा साे का लागि आवश्यक वैचारिक र सांगठनिक निर्णय गर्न आज अपरान्ह १२ बजे पेरिसडांडा मुख्यालयमा बैठक बस्न लागेकाे एक स्थायी समिति सदस्यले बताए ।
आजकाे बैठकले राष्ट्रिय सम्मेलनकाे तयारिका लागि यसअघि स्गठन विभागकाे दुइदिने आवासीय बैठकले तयार पारेकाे सुझाव प्रतिवेदनमा छलफल गरेर सम्मेलनका बारेमा आवश्यक निर्णय लिन सक्ने देखिन्छ ।
यसैगरि विचारकाे संश्लेषण गर्दै समाजवादी क्रान्तिकाे आधार तयार पार्ने सम्बनधी कार्यदिशा तयार पार्न आवश्यक तयारि तथा जिम्मेवारीका बारेमा समेत बैठकमा निर्णय हुने देखिन्छ। स्थाषी समिति बैठक अघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल समेत गरेका छन् ।
माओवादी केन्द्रले त ११ गतेदेखि देशैभरिका स्थानीय तहमा नगर सम्मेलन गरिरहेकाे छ । आगामी २५ गते सातवटै प्रदेशमा सम्मेलनसँगै राष्ट्रिय सम्मेलनकाे तयारिलाई घनिभूत बनाइने पार्टीले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्