घटना र विचार मिडियाले भ्रमकाे खेती गर्याे- प्रचण्ड सचिवालय

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डकाे सचिवालयले घटना र विचार मिडियाले प्रकाशित गरेकाे समाचारकाे खण्डन गरेकाे छ ।

अध्यक्ष प्रचण्डले लाजिम्पाटस्थित घर बेचेकाे भन्दै प्रकाशित समाचार कपाेकल्पित र तथ्यहीन भन्दै सचिवालयले पत्रकारिताकाे नैतिकता पालना गर्न सम्बन्धित मिडियालाई आग्रह गरेकाे छ।
सचिवालय सदस्य गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन:

घटना र विचार नामको मिडियाले अध्यक्ष कमरेड प्रचण्डको लाजिम्पाटस्थित पुरानो निवास (भाडाको घर/डेरा)बारे गरेको गैरजिम्मेवार, कपोकल्पित र भ्रामक कुप्रचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस्ता तथ्यहिन सामाचारको खेती गर्नु समाचारको नाममा अपराधकर्म हो । सम्बन्धित पक्षलाई गलत समाचार खण्डन गरी पत्रकारिताको नैतिकता प्रदर्शन गर्न ध्यानाकर्षण गर्दछौं ।
– सचिवालय
अध्यक्ष परिवारले तीन वर्ष अघि डेरा सरेर छाेडिसकेकाे घरका बारेमा उक्त मिडियाले समाचार प्रकाशन गरेकाे थियाे ।

कमेन्ट गर्नुहोस्