अमेरिकामा पनि देखियो कोरोनाको ओमीक्रोन भेरियन्ट, खोप लगाएका एकजना संक्रमित

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको हो ।

उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।

उनी यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएको क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार, ती व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका थिए । अहिले उनमा जटिल लक्षण भने देखिएको छैन ।

अघिल्लो हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको यो भाइरस हालसम्म २३ वटा मुलुकमा फैलिइसकेको छ ।

कमेन्ट गर्नुहोस्