अध्यक्ष प्रचण्डले माओवादीका सबै प्रदेश सम्मेलनको एकैसाथ उदघाटन गर्ने

काठमाडौं । माओवादीको पूर्व निर्धारित प्रदेश सम्मेलनहरु एकैसाथ उदघाटन हुने भएका छन् ।

आज बसेको स्थायी समिति बैठकले आगामी मंसिर २५ गते सबै प्रदेशको सम्मेलन अध्यक्ष प्रचण्डले उदघाटन गर्ने निर्णय गरेको हो ।

स्थायी समिति बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता महराले हालसम्म भएको पालिका सम्मेलनहरु सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। कतिपय पालिकाहरूमा अधिवेशन स्थगित भए पनि २० गते अगाडि सबै पालिकामा सम्मेलन सकिने उनको भनाई थियो ।

प्रवक्ता महराले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५०० पुगेको र पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गरिएको जानकारी दिए। बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ।
स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ ।

कमेन्ट गर्नुहोस्