काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सम्पन्न भएको छ ।
पार्टी मुख्यालयमा बसेको बैठकले राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा बिभिन्न निर्णय गरेको प्रवक्ता कृष्ण बहादुर महराले जनाएका छन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महराले स्थायी समितिको हिजोको बैठकमा प्रस्तावित गरिएका केन्द्रीय प्रतिनिधिहरुलाई यथावत राख्दै थप प्रतिनिधिहरुका बारेमा समेत निर्णय गर्नुपर्ने भएकोले अर्को बैठकबाट पारित गर्ने गरी सोसम्बन्धी आवश्यक निर्णयका लागि अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको बताए ।
यसैगरी राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशबाट ३० जना मनोनित र बाँकी सदस्य संख्याका आधारमा प्रतिनिधि छनौट गर्ने निर्णय समेत बैठकले गरेको छ ।
सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन समिति गठन गरेको समेत उनले बताए ।
प्रचार प्रसार समिति प्रवक्ता महराकै नेतृत्वमा गठन गरिएको समेत उनले बतार्ए ।
यसैगरी विधानमा केही परिमार्जन गर्नुपर्ने भएको्ले सो का लागि ५ सदस्यीय उपसमिति गठन गरिएको छ । यसैगरि स्वयम्सेवक उपसमिति लगायत अन्य तयारिका लागि कतिपय निर्णय समेत बैठकले गरेकाे छ । राष्ट्रिय सम्मेलनमा हरेक प्रदेशबाट अनिवार्यरुपमा जनयुद्धका घाइते अपांग फतथा सहिद परिवारकाे अनिवार्य प्रतिनिधित्व हुनुपर्ने निर्णय समेत बैठकले गरेकाे छ ।