सहकारीबाट दुबई घुम्न भन्दै विमानस्थल पुगेका ७६ जनालाई फर्कायो अध्यागमन विभागले

काठमाडौं । दुबई भ्रमणमा जाने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ जना यात्रुलाई अध्यागमन विभागले फिर्ता पठाइदिएको छ ।

उनीहरुले ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका थिए । अध्यागमनका प्रमुख अधिकृत पुष्पराज शाहीका अनुसार, उनीहले सहकारीको पत्र ल्याएका थिए ।
भिसा एक महिना बढी अवधिको भएपनि उनीहरुसँग सोधपुछ गर्दा ४ दिन मात्रै बस्ने भनेको र ७० प्रतिशत महिला देखिएपछि मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्ने ठानेर फर्काएको उनले बताए ।

सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारीविना एक्कासी एयर्पोर्ट आएको र कागजातसमेत नभएकोले फर्काइएको प्रमुख अधिकृत शाहीले बताए । यसअघि ४र५ जना महिलाहरू भए पनि पहिले नै जानकारी आउने गरेको उनको भनाइ छ ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको शाहीले बताए । ‘कसैले प्रष्ट जवाफ दिन सक्दैनन्’ उनले भने, ‘भिसा एक(डेढ महीनाभन्दा धेरैको छ तर उनीहरु चार दिनका लागि जान लागेको बताउँछन्, महिलाहरूलाई त्यहाँ लगेर घरेलु काममा लगाउन हुनसक्छ ।’

कमेन्ट गर्नुहोस्