केन्द्रीय स्कुल विभाग सदस्य ढकालकाे नयाँ पुस्तक सार्वजनिक

नेकपा माओवादी केन्द्रकाे केन्द्रीय स्कुल विभाग सदस्य तथा ललितपुर जिल्ला अध्यक्ष अर्थराजनीतिज्ञ डिपी ढकालको नयाँ पुस्तक ‘समाजवाद र नेपाल’ सार्वजनिक भएको छ। अर्थ राजनीतिमा कलम चलाउँदै आएका ढकालले नेपालमा समाजवादकाे भविष्यमा केन्द्रीत भएर पुस्तक लेखेका हुन । नेपाली समाजकाे अर्थराजनीति, बिभिन्न पार्टीको दृष्टिकाेणसहित ढकालको पुस्तकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा चलेका सरकार र तीनले चलाएका सत्तालाई अर्थ राजनीतिक कोणबाट विश्लेषण गरिएको छ। ढकालले यसमा कम्युनिस्ट देशका सरकारले कसरी आर्थिक व्यवस्थापन गरेका थिए भन्ने बारेमा तत्कालीन सोभियत संघ, चीन, क्युबा, उत्तर कोरिया तथा भियतनामको प्रयोग पुस्तकमा विश्लेषण गरेका छन्।

ढकालको पुस्तकमा समेटिएको अर्को महत्वपूर्ण पक्ष भनेको वामपन्थी पार्टीले चुनाव जितेर सरकारका गएका ल्याटिन अमेरिकी देशहरू भेनेजुयला, निकारागुवा, ब्राजिल र बोलिभियामा प्रयोग गरिएको वामपन्थी अर्थनीति हो।

कमेन्ट गर्नुहोस्