सबै प्रदेश सक्षम र प्रतिबद्ध छन्, केन्द्रले हस्तक्षेप गर्नुपर्दैन- नेता बस्नेत

काठमाडौं । यतिबेला सबैपार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलनहरुको चटारोमा छन् नेकपा (एमाले र नेपाली कांग्रेसले आफ्नो महाधिवेशन सकेका छन् भने नेकपा (माओवादी केन्द्र प्रदेश स्तरको सम्मेलनसम्म पुगेको छ । राष्ट्रिय सम्मेलनको तयारी स्वरुप माओवादीले वडा, पालिका र जिल्ला हुँदै प्रदेशसम्मको सम्मेलन सम्पन्न गरेको हो ।

भौगोलिक ७ वटा र गैरभौगोलिक २ वटा गरी ९ वटा प्रदेश समितिको सम्मेलन सकेको माओवादीले सकेसम्म सर्वसम्मतिमा नेतृत्व चयन गर्ने नीति लिएको छ । प्रदेश समितिमा पार्टीको विधानले दिएको अधिकार अनुसारको संख्याका सदस्यहरु निर्वाचित गर्ने र उक्त समितिको बैठकबाट पदाधिकारीहरुको चयन गर्ने अभ्यास गरेको माओवादीभित्र गुटबन्दी र विवाद रहेकोले अध्यक्ष र पदाधिकारी चयन हुन नसकेको एकथरीले चर्चा गर्ने गरेका छन् ।

माओवादीका केन्द्रिय सदस्य तथा पार्टीको सम्पर्क समन्वय समितिका सचिव समेत रहेर प्रदेश सम्मेलनमा सक्रियता जनाएका शिवबहादुर बस्नेत राजेन्द्रले न्यूजहाउस मिडियासँग गरेका कुराकानीमा बस्नेतले बाहिर चलेका चर्चाको खण्डन गर्दै वास्तविकता प्रस्ट्याएका छन् । नेता बस्नेतले प्रदेश सम्मेलनहरुमा नेतृत्वले हस्तक्षेप नगरी प्रशस्त जनवादको प्रयोग गरिएको बताए । प्रदेश समितिहरु स्वायत्त रहेकाले आफ्नो समितिको नेतृत्व चयनमा आफैं सक्षम रहेको भनाई बस्नेतको रहेको छ । देशको व्यवस्था नै परिवर्तन गर्न प्रक्रियाको नीति बनाएर वलिदानी दिएको पार्टी हुनुको नाताले माओवादीलाई सकेसम्म बदनाम गराउने हरुको प्रयासहरुको निरन्तरता अहिले चलाईको हल्ला भएको हुनसक्ने समेत बस्नेतले बताए ।

२०६४ सालको निर्वाचनमा माओवादीप्रति आशावादी बनेर जनताले मत दिएको तर चौतर्फी घेरावन्दीमा परेका कारण सोचे अनुरुप काम गर्न नसकिएको स्विकार्दै बस्नेतले त्यो कुरा जनतालाई बुझाउन नसकिएकोले पछिल्ला परिणामहरु आएको बताए । माओवादी पार्टीको नीति बमोजिम नै २०७४ सालको चुनावमा शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को परिकल्पना गरेर जनतामा गएको तर त्यतिबेलाको जनताको आशा र विश्वासमा एमाले अध्यक्ष ओलीले घात गरेको समेत उनको भनाइ रहेको छ ।

देश र जनताको निम्ति माओवादी नै उपयुक्त भएको जनताले बुझिसकेकाले अबको चुनावमा भने आफूहरुको पार्टीले राम्रो जनमत पाउने वातावरण बनेको बस्नेतले बताए । पार्टी र जनताकाबीचमा खडा गरिएको दुरी छोट्याउन वास्तविकताको थप प्रष्टिकरण लिएर जनतामा जाने योजना सुनाउँदै उनले पार्टी र जनताबीचको भ्रम अबको चुनावसम्म चिर्ने बताए ।

कमेन्ट गर्नुहोस्