कांग्रेसमा नयाँ युगकाे सुरुआत: महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा विजयी भएका छन् । शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन् ।

अहिलेसम्म ४३९० मत गनिसिकएको छ । गगनले अहिलेसम्म सबैभन्दा बढी २८२३ मत प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा रहेर विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित हुने भएका छन् । अहिलेसम्म प्राप्त परिणामअनुसार उनले १८२४ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत र विश्वप्रकाशबीचको अन्तर गन्न बाँकी रहेको मतभन्दा बढी छ ।
सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमश: प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । यसैबीच मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् । महामन्त्रीको प्रारम्भिक मतपरिणाम आएसँगै उनले राजीनामाको घोषणा गरेका हुन् ।

कमेन्ट गर्नुहोस्