नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीको अधिबेशन सम्पन्न

अर्घाखाँची। नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीको तेस्रो अधिबेशन तथा पाँचौ साधारण सभा बिहिवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण प्रसाद भुसालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको निर्बिरोध रुपमा चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ,इन्दीरा श्रेष्ठ र रामप्रसाद पंन्थी रहेका छन । समितिको सचिवमा मेनुका पौडेल,कोषाध्यक्षमा टोपलाल खनाल,सहसचिवमा गोपाल प्रसाद भट्टराई र सहकोषाध्यक्षमा बसन्ता पौडेल चयन भएका निर्बाचन समितिका संयोजक दोर्ण प्रसाद भुसालले जानकारी दिए ।

समितिको सदस्यहरुमा बलराम बन्जाडे,शुश्मा श्रेष्ठ, माया श्रेष्ठ र प्रेमनारायण पोख्रेल चयन भएका छन । तिन जना सदस्य भने कार्यसमितिले पछि चयन गर्ने जनाईएको छ । अधिबेशनले हुम प्रसाद बन्जाडे,कृष्ण प्रसाद खनाल,यमराज पाण्डे,गोबिन्द प्रसाद भुसाल र नन्दलाल श्रेष्ठलाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

यसअघि अधिवेशनको नेपाल हृदयरोग निबारण प्रतिष्ठानका केन्द्रीय सदस्य एवं बरीष्ठ मुटुरोग बिशेषज्ञ डा.सुमन्त बन्जाडेले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै डा. बन्जाडेले स्वस्थ  जिवनयापनकालागी स्वस्थ्य मुटुको आबश्यकता पर्ने भन्दै,मानब अंगको समवेदनशिल अंग मुटुलाई स्वस्थ  राख्नु आजको पहिलो आबश्यकता रहेको बताए । बन्जाडेले मुटुलाई स्वस्थ्य  राख्न खानपान र बानि व्यवहारलाई पुर्णरुपमा परीबर्तन गर्नुपर्नेमा जोड दिए ।

यसैबिच कार्यक्रममा नेपाल हृदयरोग निबारण प्रतिष्ठान अर्घाखाँचीमा लामो समयसम्म समितिमा रही संस्थालाई अतुलनिय सहयोग गरेको भन्दै संस्थाका पुर्ब अध्यक्ष हुमप्रसाद बन्जाडे, उपाध्यक्ष नन्दलाल श्रेष्ठ र संस्थाका संस्थापक सदस्य एवं पत्रकार श्याम प्रसाद घिमिरेलाई प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।

कमेन्ट गर्नुहोस्