साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित, फाइनलमा पुग्ने झिनो सम्भावना

काठमाडौं: साफ यु-१९ महिला फुटबल च्याम्पियनसिपमा पहिलो हाफसम्म भारतलाई रोक्न सफल नेपाल अन्ततः पराजित बनेको छ । बंगलादेशका ढाकामा आइतबार भएको खेलमा नेपाललाई १-० गोलले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।

भारतको तर्फबाट गोल पी नावरेमले ६७औं मिनेटमा निर्णायक गोल गरेका थिए। पराजयसँगै फाइनलमा प्रवेश गर्ने नेपालको सम्भावनामाथि धक्का लागेको छ।

अब नेपालले फाइनल प्रवेशका लागि बंगलादेश र श्रीलंकाबीच हुने खेलको नजिता पर्खनु पर्नेछ। बंगलादेशले श्रीलंकामाथि जित वा बराबरीकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ। बंगलादेशले पराजय भोगे नेपालको फाइनलमा प्रवेश गर्ने सम्भावना रहने छ।

कमेन्ट गर्नुहोस्