मातृका पोखरेलको नेतृत्वमा जनसांस्कृतिक महासंघको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको सांस्कृतिक मोर्चाका रुपमा परिचित जनसांस्कृतिक महासंघ नेपालको अध्यक्षमा माृतका पाेखरेल चयन भएका छन् ।

जनवादी सांस्कृतिक आन्दोलनको अग्रमोर्चामा रहेको जनसांस्कृति महासंघको काठमाडौंमा भएको सम्मेलनबाट कार्यसमिति चयन भएको हो । नियुक्त भएका १० उपाध्यक्षहरुमा विक्रम कुवर, कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी र चेतन सापकोटा  रहेका छन् । १३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने चयन गर्न बाँकी छ । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ ।

कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।

लेखक संघ, चलचित्रकर्मी संघ, नाट्यकर्मी संघ, कलाकार संघ लगायतका सात ओटा घटक मिलेर जनसाँस्कृतिक महासंघ गठन भएको र यसले जनसंस्कृति विकासका लागि काम गर्ने उपाध्यक्ष कुँवरले बताए । “हाम्रो काँधमा समाजवादी क्रान्तिको सांस्कृतिक मोर्चाको जिम्मेवारी आएको छ । हिजो जनयुद्दमा पनि हामी उल्लेख्य भूमिका छौं, नयाँ परिस्थितिमा नयाँ खाले क्रान्तिका लागि हामी रणनीतिकरुपमा अघि बढ्नेछौं ।” उनले भने ।

 

कमेन्ट गर्नुहोस्