ओली आज पनि निरंकुश र प्रतिगमनकै बाटाेमा छन्- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीका गतिविधिहरुले वर्तमानमा पनि प्रतिगमनकै षडयन्त्रमा लागिरहेकाे बताएका छन् ।
गत वर्ष पुस ५ गतेका दिन संसद विघटन गरेकाे कालाे,दिनकाे बिराेधमा प्रतिगमनविराेधी राजनीतिक शक्तिहरु सहभागी एक कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले प्रतिगमनकाे खतरा अझै नटरेकाे बताउँदै निरन्तर संघर्ष गरिरहनुपर्नेमा जाेड दिए ।

“केपी ओलि हिजो त अलोकतान्त्रिक, निरंकुश र पतिगमनकारी छँदै थिए आज पनि सदनमा उनको गतिविधि र उनका अभिव्यक्तिले उनी आज पनि अलोकतान्त्रिक, निरंकुश र प्रतिगमनकारी छन भन्ने पुष्ठि भइरहेको छ।” प्रचण्डले भने, “हामी उहाँका सबै चालबावी असफल पार्न, गठबन्धनलाई कुनै हालतमा पनि निरन्तरता दिने र लोकतन्त्र र संविधानको रक्षा गर्दै आगामी निर्वाचन फेस गर्छौ ।”

कमेन्ट गर्नुहोस्