युवानेता आचार्यद्वारा त्रिवेणी आर्यघाट निर्माणका लागि १ लाख रुपैयाँ सहयोगकाे घोषणा

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ का सदस्य तथा युवा नेता जीवन आचार्यले बुढीगंगा ५ मा रहेको त्रिवेणी आर्यघाट निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

बुढीगंगाका स्थानीयसमेत रहेका युवा नेता आचार्यले आइतबारदेखि आर्यघाट निर्माणका लागि सहयोग पुग्ने उद्देश्यले सुरु गरेको महायज्ञमा १ लाख १ हजार सहयोग गर्ने घोषणा गरेका हुन् ।

बुढिगंगा–५ मा त्रिवेणी आर्यघाटको वेदि समृद्धि तथा पूर्वाधार विकासको लागि श्रीमद्भागवत ज्ञान धन धन्यान्चल महायज्ञ सुरु भएको थियो । उक्त महायज्ञको नेता आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र उपाध्यक्ष अमृता कुमारी गच्छदारको पनि उपस्थिति रहेको थियो । नेता आचार्य यसै पाैष १२ गतेदेखि हुन गइरहेकाे नेकपा माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलनका लागि प्रदेशबाट सर्वसम्मत प्रतिनिधि पनि चयन भएका छन् ।

कमेन्ट गर्नुहोस्