प्रचण्डकाे राेहबरमा बाँदुरझुलाका सुकुम्बासीसँग ३ बुँदे सम्झौता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसङ्ग चितवन बादरझुलाका आन्दोलनरत सुकुम्बासीको प्रतिनिधिमण्डलले भट गरेकाे छ ।
भेटको अवसरमा भुमि ब्यबस्था, सहकारी तथा गरिवि निवारणमन्त्री मा.शशि श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, अनेकिसङघ (क्रान्तिकारी) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्र बहादुर श्रेष्ठ र भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको उपस्थिति रहेकोे थियो।
अध्यक्ष कमरेड प्रचण्डले बादरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि दीर्घकालीन रूपमा लाल पुर्जा वितरण गर्ने, त्यसको लागी आवस्यक ऎन/कानुन निर्माणको लागि छिटो प्रक्रिया बढाउन पहल गर्ने र तत्कालीन रूपमा विधुत आपूर्ति, कृषि औजारको प्रयोग आदि उनीहरुका समस्या समाधान गर्ने कुरामा सहजीकरण गर्ने साथै यी कामको लागि मन्त्री र आयोगलाई आवस्यक सुझाव तथा निर्देशन दिनु भयो।
सोही अनुसार आज नै भुमि आयोगले आन्दोलनरत सुकुम्बासीसङग ३ बुदे समझौतामा हस्ताक्षर गरेको छ।

कमेन्ट गर्नुहोस्