राष्ट्रिय सम्मेलनमा साढे १५ सय बढी सहभागी हुने, विचार र पार्टी निर्माण मुख्य नारा

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आसन्न राष्ट्रिय सम्मेलनमा विभिन्न क्षेत्रबाट साढे १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

आज पेरिसडाँडामा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै प्रवक्ता कृष्णबहादुर महराले प्रदेश, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकारलगायतका सबै क्षेत्रबाट साढे १५ सयकाे हाराहारिमा प्रतिनिधित्व हुने बताए । “याे संख्या तलमाथि हुनसक्छ ।” उनले बताए ।

प्रवक्ता महराले नेपाली माैलिकतामा क्रान्ति सम्पन्न गर्न अहिलेसम्मका आन्दाेलन र संघर्षहरुकाे संश्लेषणसहित नयाँ विचार निर्माण गर्ने कुरा सम्मेलनकाे मुख्य उद्देश्य भएकाे बताए । “हाम्राे कार्यदिशा के हुन्छ भन्ने विषयमा सम्मेलनले ठाेस दिशानिर्देश गर्ने बताए । अहिले अध्यक्षले तयारि गरिरहुनुभएकाे छ ।”
सम्मेलनले नयाँ कान्तिकारी विचारका आधारमा नयाँ क्रान्तिकारी पार्टी निर्माणका लागि ठाेस,आधार तय गर्ने समेत उनले बताए ।

सबै माओवादीहरुबीच एकताकाे कुरा गर्दै महराले विगतका गल्तीकाे सैले समीक्षा गरेर अघि बढनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्