प्रतिनिधिलाई स्वागत गर्न सुर्यविनायकमा भव्य गेट बनाउँदै वाइसिएल

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आसन्न केन्द्रीय सम्मेलनकाे तयारि तीब्र बनेकाे छ । सम्मेलनमा देशैभरिबाट साढे १५ सय सहभागी हुने भएका छन् ।

राजधानीकाे कमलादीमा हुन गइरहेको सम्मेलनका प्रतिनिधिलाई स्वागत गर्न भक्तपुर जिल्ला वाईसिएल कमिटीहरु समेत सक्रिय भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र भक्तपुरका अध्यक्ष डिपी ढकालले दिएकाे जानकारी अनुसार, जिल्लाको चारैवटा YCL नगर कमिटी द्वारा सुर्यविनायक चोकमा स्वागत द्वार निर्माण हुदैछ । स्वागत द्वारमा मुल नारासहित ब्यानर राख्ने काम भइरहेकाे छ।
पूर्व पश्चिम राजमार्गकाअन्य स्थानमा समेत स्थानीय समितिहरुले स्वागत द्वारहरु बनाउने क्रम शुरु भएकाे छ।

कमेन्ट गर्नुहोस्