अदालतकाे रेकर्ड कक्षमा बम विष्फोट, २ काे मृत्यु

एजेन्सी । भारतको पञ्जाबस्थित लुधियानाको अदालत परिसरमा बम विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

विस्फोटपछि घाइते भएकालाई अस्पताल भर्ना गरिएको छ भने घटनास्थलमा प्रहरीका वरिष्ठ अधिकारीहरू उपस्थित छन् । उनीहरुले अदालतलाई पूरै घेरेर कडा सुरक्षामा राखेका छन् ।

लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट दिउँसाे १२ बजेर २२ मिनेटमा अदालतको दोस्रो तलामा रहेकाे रेकर्ड कक्षमा भएको हो ।

कमेन्ट गर्नुहोस्