प्रतिक्रियावादीहरुकाे षडयन्त्र जारी छ, ढुक्क हुने अवस्था छैन- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले संसद विघटनका शृंखलामार्फत लाद्न खाेजिएकाे प्रतिक्रियावादी षडयन्त्र परास्त गरेकाे भएपनि अझै ढुक्क हुन सकिने अवस्था नभएकाे बताएका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्रबीच पार्टी एकता कार्यक्रममा बाेल्दै प्रचण्डले इतिहासका उपलब्धि कुल्चिने षडयन्त्र अहिले पनि जारी रहेकाेले सचेत भइरहनुपर्नेमा उनले जाेड दिए ।
जनताकाे सेटिङका अगाडि प्रतिक्रियावादीकाे सेटिङ चल्दैन भन्ने प्रमाणित भएकाे बताउँदै प्रचण्डले सामन्तवादका अवशेस र दलाल पूँजिवादका एजेण्टहरुकाे चलखेल चलि नै रहेकाेले रिल्याक्स हुने अवस्था नभएकाे बताएका हुन । प्रतिक्रियावादी षडयन्त्रसँग लड्न कम्युनिष्ट शक्तिबी एकता अनिवार्य शर्त भएकाे उनले बताए ।

कार्यक्रममा बाेल्दै प्रचण्डले मसाल सम्पर्क केन्द्रसँगकाे एकताले पाँच दलीय गठबन्धनमा कुनै असर नपर्ने बताए । आफू माेहनबिक्रम सिंहकै स्कुलबा हुर्केकाे बताउँदै उनले पछिल्लाे समयमा माेहनबिक्रमसँग नयाँ ढंगले अघि बढ्ने विषयमा छलफल भएकाे बताए । हिजाेपनि अभिभावक हाे रअब पनि अभिभावकत्व ग्रहण गर्नुस भन्ने किसिमले सकारात्मक कुराकानी भएकाे उनकाे भनाई थियाे ।
मार्क्सवादलाई गतिशीलतामा बुझेर उपलब्धिकाे रक्षा गर्दै प्राप्त हुन नसकेका कुरा प्राप्तीका लागि समाजवादी क्रान्तिकाे तयारिमा अघि बढनुपर्ने बताए ।
नेकपा मसाल सम्पर्क केन्द्रका संयनेजकसहित ३८ जिल्ला कमिटी माओवादी केन्द्रसँग एक भएकाे हाे ।

कमेन्ट गर्नुहोस्