मगर संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

दोहा, कतार
‘रक्तदान गरौं परोपकारी कार्यमा सहभागी होऔँ’ भन्ने नाराका साथ नेपाल मगर संघ, कतार शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l

कतार स्थित हमाद ब्लड डोनर सेन्टरसंगको समन्वयमा शुक्रवारका दिन रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

एनआरएनए कतार, नेपाली रक्तदाता संघ, वैचारिक एवं समाजिक संघ सस्थाहरुको सहभागीताको रहेको कार्यक्रममा ६३ जना रक्तदाताले रक्तदान गरेका छन् ।

बिहान ७ बजे देखी शुरु भएको रक्तदान कार्यक्रममा १ सय ७० जनाको सहभागिता रहेको कार्यक्रमका संयोजक नरेश सिन्जाली मगरले बताए।

कमेन्ट गर्नुहोस्