आजदेखि बन्दसत्र सुरु, अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को हिजाेदेखि सुरु भएकाे आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुने छ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु गर्ने तयारी पार्टीले गरेकाे छ ।

बन्दसत्रमा अध्यक्ष ‘प्रचण्ड’ले बहुप्रतिक्षित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । अध्यक्षले प्रतिवेदन पेश गरेपछि त्यसमाथि समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गरिदैछ । माओवादीको यो महाधिवेशनले पार्टीलाई बहुपदिय संरचनामा लैजाँदै छ । सम्मेलनमा देशैभरिबाट साढे १५ सयबढी प्रतिनिधि सहभागी छन ।

माओवादीले १५ पदाधिकारीसहितको २ सय ९९ सदस्यीय केन्द्रिय समिति रहने निर्णय गरिसकेको छ । केन्द्रीय सदस्यकाे संख्या थप हुने भएकाे छ ।

कमेन्ट गर्नुहोस्