महाधिवेशनमा सबै राजनीतिक दलहरुकाे सन्देश: प्रचण्ड राष्ट्रनायक, राजनीतिक परिवर्तनका केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय सम्मेलनकाे लघु तयारिमा रहेकाे माओवादी केन्द्रले निर्धारित मितिकाे अघिल्लाे साँझमात्रै अधिवेशन गर्ने निर्णय गर्याे । याे निर्णयसँगै सबै राजनीतिक दलहरुलाई उदघाटन सत्रमा निम्ताे दिइयाे ।
उदघाटन सत्रमा नेपालका सबै राजनीतिक दलकाे उपस्थिति देखिँदा छाेटाे समयमा समेत माओवादीले गरेकाे मेहनत स्पष्ट ।

उदघाटन सत्रमा सबै राजनीतिक दलका नेताहरुकाे सम्बाेधन सुन्दा केही साझा निष्कर्श देखिन्थे । जस्ताे कि माओवादी नै परिवर्तनकाे सच्चा हिमायती हाे । माओवादी यथास्थितिमा बस्ने पार्टी हाेइन। प्रधानमन्त्री शेर बहादुर देउवाले त मुक्तकण्ठले प्रशंसा गर्दै गणतन्त्र, संविधान निर्माण र संविधान कार्यान्वयन माओवादी र प्रचण्डका कारण सम्भव भएकाे बताए । देउवाले संविधानकाे पूर्ण कार्यान्वयनका लागि प्रचण्डकाे भूमिका झनै आवश्यक भएकाे बताउँदै गठबन्धन टुट्न नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
माओवादीकाे राष्ट्रियताप्रतिकाे धारणा समेत सही र वैज्ञानिक छ भन्नेमा पनि साझा बुझाई देखिन्थ्याे । राप्रपा महामन्त्री कुन्ती शाहिले राजनीतिक विचारधारा फरक भएपनि राष्ट्रियताकाे सवालमा माओवादीकाे दृष्टिकाेण सही भएकाे बताइन ।
वामपन्थी दलहरुका नेताहरुकाे सम्बाेधनमा समेत माओवादी बुर्जुवा दलहरुजस्तै बन्न नहुने चिन्ता देखिन्थ्याे । नेपालकाे राजनीतिक आन्दाेलनमा माओवादीले उठाएकामुद्ा सही भएकाे, माओवादीले नै परिवर्तनकाे कमाण्ड सम्हाल्न सक्ने भएकाेले वैचारिक र सांगठनिकरुपमा माओवादी क्रान्तिकारी बन्नुपर्ने उनीहरुकाे मतदेखिन्थ्याे । नेकपा क्रान्तिकारी माओवादीका सिपि गजुरेलदेखि मालेका सीपी मैनाले र एकीकृत समाजवादी प्रमुख माधव नेपाल सम्मले क्रान्तिकारी कम्युनिष्ट आन्दाेलनका पक्षमा वकालत गरे । सँगै यी सबैले अध्यक्ष प्रचण्डले मात्रै त्यसरि आन्दाेलनलाइ विचार र संगठनमा सुधार गरेर लैजान सक्ने विश्वास समेत व्यक्त गरे ।

सममेलनका अधिकांश वक्ताहरुले प्रचण्डकाे भूमिका अझै आवश्यक । झन बढी रहेकाेमा जाेड दिए । व्यक्तिगत स्वार्थ, इगाे र जडसुत्रवादी चिन्तन भन्दा माथि उठेर सिंगाे देश र जनतालाई, राजनीतिक परिवर्तनकाे आन्दाेलनलाई अघि बढाउने, सबैलाई समेटेर लैजान सक्ने राष्ट्रनायककाे क्षमता प्रचण्डमा छ र उनले त्याे साबित गरेका छन भन्ने उनीहरुकाे समान धारणा थियाे ।
प्रचण्डले राजनीतिक प्रतिवेदन तयार गरेका छन र त्यसलाई आज सार्वजनिक गर्नेछन् । सम्भवतः उनले प्रतिवेदनमा उनीबाट गरिएकाे अपेक्षा र उनकाे काँधमा रहेकाे इतिहासकाे जिम्मेवारी पूरा गर्ने मनसायले नै प्रतिवेदनमा नेपाली क्रान्तिलाई पूर्णता दिने कुरा समावेश गरेका हाेलान् । यथास्थितिमा बस्न नचाहने प्रचण्डले अहिलेकाे विश्व परिस्थितिकाे सूक्ष्म विश्लेषण र इतिहासकाे संश्लेषण गर्दै नेपाली जनताका पूरा हुन नसकेका सपना पूरा गर्न साेही बमाेजिम कार्यदिशा प्रस्तुत गर्ने अपेक्षा आम नेता तथा कार्यकर्ताले गरेका छन ।
अधिवेशनकाे दाेश्राे दिनकाे पूर्वसन्ध्यामा प्रचण्डकाे थप भूमिका सबैले खाेजृका छन । उनकाे नायकत्वकाे मागभएकाे छ । अधिवेशनमा चल्ने छलफल र बहसले यसलाई झनै संस्थागत गर्ने छ। त्यसैपनि प्रचण्डले याे अधिवेशन आत्मआलाेचनाकाे अधिवेशन समेत भएकाे बताउँदै आफू र पार्टी आम अपेक्षामा खराे उत्रिने संकल्प गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्